तीन घर जलेर नष्ट

तीन घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन जनाको घर जलेर नष्ट भएको छ । स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीले दुई बाख्राको पाठो जलेर मर्नुका साथै सुन, चाँदी, नगद, धान, चामल, लत्ताकपडा जलेर नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल, ईलाका प्रहरी कार्यालय कडरबोना, प्रहरी चौकी लक्ष्मीपुरबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।