अपाङ्गता भएकालाई आर्थिक सहयोग

अपाङ्गता भएकालाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग पु¥याउन रिसेड तनहुँले आर्थिक सहयोग प्रदान गरेको छ । व्यास नगरपालिकाको सहयोगमा रिसेडले व्यावसायिक सीप सिकेर आयआर्जन गर्न चाहने २८ अपाङ्गता भएकालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

नगरपालिकाका १४ वटै वडाबाट रिसेडले अपाङ्गता भएका व्यक्ति छनोट गरी प्रति व्यक्ति रु सात हजारका दरले आर्थिक सहयोग गरेको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिको मागअनुसार नै व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको हो ।

तालीम लिएर स्वरोजगार बन्ने प्रयास

तनहुँको म्याग्दे गाउँपालिका–४ का महिलाले तालीम लिएर स्वरोजगार बन्ने प्रयास गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गुडिया तथा सजावट सामग्री निर्माण तालीम लिएर यहाँका महिला स्वरोजगार बन्न खोजेका हुन् । स्थानीयवासी सुकला सुनारले अब घरमै बसेर पनि दुई चार पैसा कमाइ घरको दैनिकी चलाउन सकिने बताउनुभयो । म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्ने बताउनुभयो ।

गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत् दश दिने गुडिया तालीम आयोजना गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई उद्यमी बन्न सघाउने उद्देश्यसहित तालीम आयोजना गरिएको जानकारी दिनुभयो ।

देशभरका युवा बन्दीपुरमा

रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकअन्तर्गत रिजन–४ को रोटरी युथ लिडरसीप अवार्ड (रायला) कार्यक्रम शनिबारदेखि बन्दीपुरमा शुरु भएको छ । रोटरी इन्टरनेशनल ३२९२ डिष्टिक रिजन–४ को आयोजनामा तथा रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन ४ मा रहेका १७ रोटरी क्लबको सहयोगमा रोटरी युथ लिडरसीप अवार्ड २०२०÷२१ कार्यक्रम शुरु गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा रिजन–४ अन्गर्ततका १४ देखि १८ वर्ष उमेर समूहका ४९ युवाले सहभागिता जनाएका छन् । रोटरी क्लबले सो उमेर समूहका युवाको व्यक्तित्व विकाससँगै सामाजिक दायित्वबोध गराउँदै नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन– ४ का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकका पूर्व गभर्नर रवीन्द्रकुमार पियाले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिका भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताउनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको इतिहास जीवन्त रहने गरी योजनाबद्ध ढङ्गले विकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो ।

प्रदेशस्तरीय भलिबल ः आयोजक फाइनल प्रवेश

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा घिरिङ गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै आयोजक फाइनल प्रवेश गरेको हो । शुक्लागण्डकीले घिरिङलाई २५–१४, २५–२३, २२–२८ र १६–२५ ले १५–९ ले पराजित गरेको हो । दोस्रो सेमिफाइनल खेल भने आज बागलुङको गलकोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबीच हुनेछ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल पनि आज नै हुनेछ । प्रतियोगिताको क्वाटरफाइनलअन्तर्गत आज भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच भएको थियो । त्यसमा भीमाद नगरपालिका २–० को सोझो सेटमा विजयी भएको छ । पहिलो सेटमा २५–१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५–२२ ले विजयी भएको थियो ।

त्यस्तै पुतलीबजार नगरपालिका स्याङ्जालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाइनलको यात्रा तय गरेको छ । मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ मा पराजित गरेको थियो ।

दोस्रोे क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को सोझो सेटमा पराजित गरेको छ । हरिनास गाउँपालिका स्याङ्जालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाइनल प्रवेश गरेको थियो । घिरिङले २३–२५, २५–१४, २५–२३ मा हरिनासलाई पराजित गरेको छ ।

बाग्लुुङको गलकोट नगरपालिकाले तनहुँको भीमादलाई २–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मसाथ ग¥यो । प्रतियोगितामा विजेताले नगद रु एक लाख ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा दोस्रो हुनेले रु एक लाख, तेस्रोले रु ५० हजार र सान्त्वनाले रु २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् । वेष्ट स्पाइकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही रु पाँच हजार हात पार्नेछन् । रासस