इनारमा डुबेर बालकको मृत्यु

इनारमा डुबेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो । स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

त्यसैगरी व्यास नगरपालिका–२ गणेशमान चोकमा एक बालकलाई ठक्कर दिएर फरार भएको पल्सर मोटरसाइकललाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका–१३ बेनीकोट घर भएका तीन वर्षीय रोनिक थापालाई ठक्कर दिई फरार रहेको लु ७० प ७९३० नम्बरको पल्सर प्रहरीले नियन्त्रणमा लिएको हो । ठक्करबाट सख्त घाइते भएका ती बालकको पोखरास्थित गण्डकी मेडिकल सेन्टरमा उपचार भैरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।