धान रोप्न बीउ काढ्दै किसान (फोटो फिचर)

धान रोप्न बीउ काढ्दै किसान (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन ४० मेगा वाट क्षमताको राहुघाट जलविद्युत आयोजनासँग जोड्ने प्रसारण लाइन । नेपाल विद्युत प्राधिकरणले दाना–कुश्मा प्रसारण लाइनको मल्लाज खण्डदेखि राहुघाट जोड्न प्रसारण लाइन बनाएको हो । तस्बिर ः सन्तोष गौतम÷ रासस

धनकुटाको मुलघाट बजारमा तमोर नदीमा मारेर बेच्न राखिएका माछा । धरान–भेडेटार हुँदै जाने कोशी राजमार्गको एक विन्दु मुलघाट यात्रामा आउनेहरुले माछा खरिद गरेर लैजाने गर्छन । मुलघाटदेखि सुनसरीको चतरासम्मको ¥याफ्टिङ यात्रामा आउनेले पनि फर्कँदा तमोरको माछा लिएर जाने गर्छन । तस्बिरः विराट अनुपम÷रासस

तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न बीउ काढ्दै किसान । जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस