नेकपा एमालेका निलम्बित वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने बताएका छन् । बुधबार नेपाल निकट युवा संघले स्थापना गरेको केन्द्रिय कार्यालय बुद्धनगरमा कार्यालय उद्घाटन गर्दै नेपाले यस्तो प्रतिक्रिया दिएका हुन् । कम्युनिष्ट आ,न्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन आफुहरुले चाहेको बताएका नेपालले कम्युनिष्ट आ,न्दोलनलाई धारासायी हुन नदिने बताएका छन् ।
कम्युनिष्ट आ,न्दोलनलाई विर्सजनको ठाउँमा पुर्याउने नदिने दावी गरेका नेपालले भने, आन्दोलनलाई नयाँ शिरबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं ।
केन्द्रिय कार्यालय उद्घाटन गर्ने क्रममा नेपाले अघि भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’उनले भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’ भिडियो हेरौ
प्रतिक्रिया