क्यान्सरपीडित विकासको उपचारमा सहयोग जुटाउन उनले खिचेको फोटो प्रदर्शनी

क्यान्सरपीडित विकासको उपचारमा सहयोग जुटाउन उनले खिचेको फोटो प्रदर्शनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि विकासको परिवारले सहयोगको अपिल गरिरहेको छ । केही व्यक्ति तथा सङ्घसंस्थाको पहलमा उपचारका लागि रकम जुट्नेक्रम पनि शुरु भएको छ ।

विकासको उपचारमा सहयोग जुटाउने उद्देश्यले दमौलीमा चैत २० गते फोटो प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा विकासले खिचेका फोटो राखिने उहाँका साथी सनम अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा राखिने फोटो बिक्री गरिने र बिक्री भएको रकम विकासको उपचारका लागि सहयोग गरिने छ । कुशल फोटोग्राफर रहनुभएका विकासले देशका विभिन्न ठाउँमा पुगेर तस्वीर कैद गर्नुहुन्थ्यो । “विकासलाई अहिले सहयोगको खाँचो छ, सबैले धेरैथोरै सहयोग गरिदिए विकासको बाँच्ने चाहना पूरा हुन्छ”, अधिकारीले भन्नुभयो । रासस

तनहुँको व्यास नगरपालिका–४ निवासी क्यान्सर पीडित विकास दरैको उपचारमा सहयोग पु¥याउने उद्देश्य सहित शुक्रबार दमौलीमा आयोजना गरिएको तस्वीर प्रदर्शनी । उहाँले खिचेका तस्वीर विक्रीबाट रकम सङ्कलन गर्ने उद्देश्य राखिएको छ । तस्वीरः कृष्ण न्यौपाने, रासस