आन्द्राको क्यान्सर भएर उपचाररत विकासको उपचारमा सहयोग गर्न उनले खिचेको फोटो प्रदर्शनीमा एकै दिनमा एक लाखको फोटो बिक्री

आन्द्राको क्यान्सर भएर उपचाररत विकासको उपचारमा सहयोग गर्न उनले खिचेको फोटो प्रदर्शनीमा एकै दिनमा एक लाखको फोटो बिक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ ।

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिच्नुभएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा फोटोको रु दुई हजार मूल्य कायम गरिएको सहकर्मी युवराज भण्डारीले जानकारी दिनुभयो । व्यावसायिक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ । क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् ।

दरैले खिचेका फोटो हेर्न आएका सर्वसाधारणको भीड लाग्ने गरेको छ भने फोटो अवलोकनपश्चात् मन परेका फोटो खरिद गरेर लैजाने गरेको भण्डारीले बताउनुभयो ।