नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको छ । दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा आज उहाँले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताउनुभयो । नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै उहाँले पाँच वर्षका लागि जनताबाट म्याण्डेड पाएको कम्युनिष्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको बताउनुभयो ।
संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोेजेको उहाँको भनाइ थियो । कांग्रेसका पूर्व महामन्त्री सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । सरकार सङ्घीयताभन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उहाँको आरोप थियो ।
प्रतिक्रिया