काठमाडौं । राजेन्द्र खड्गी नेपालको पहिलो र एक मात्र त्यस्ता द्वन्द्व निर्देशक हुन् जसले अहिलेसम्म ५ सयभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।
उनी नेपाली चलचित्र क्षेत्रमा लागेदेखि द्वन्द्व निर्देशनमा निरन्तर एकछत्र रुपमा राज गर्ने द्वन्द्व निर्देशकमा पर्छन् । उनको द्वन्द्व निर्देशनको यात्रा ३३ वर्ष भयो । उनको पहिलो चलचित्र थियो विश्वास । चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र विश्वासबाट उनले ब्रेक लिएका हुन् । विश्वासमा उनले कराँतेका दुईवटा फाईट कम्पोज गर्ने मौका पाएका थिए ।
राजेन्द्रले दैनिक २० तोला सुन लगाउँछन् यो कुराले धेरैलाई छक्क पनि पार्छ । अहिले नेपाली बजारमा भएको सुनको बजार भाउ हेर्ने हो भने लाखौको सुन राजेन्द्रको शरीरमा छ । पुर्व राजपरिवारसंग पनि राम्रो सम्बन्ध बनाएका राजेन्द्रको घरमा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी नै छ । जुन राजाले उनलाई उपहार स्वरुप दिएको बताइन्छ । उनले आफ्नो घरको डिजाइन आफै गरेका हुन् । पोखरा फेवा लेकमा फिल्म छायांकनमा जाँदा उनले त्यहाँ एउटा घर देखेका थिए ।
त्यो घर देखेपछि उनलाई लाग्यो मैले पनि यस्तै घर बनाउँछु भन्ने लागेको थियो । काठमाडौ आएपछि उनले भुकम्प गएपछि त्यस्तै डिजाइनको घर बनाएको उनको घरमा घर भित्र नै सुइमिगं पुल छ । घर भित्र नै मन्दिर समेत रहेको छ । हेरौ खड्गीको घर ।
प्रतिक्रिया