चार्जमा राखेको मोवाइल पड्किदा गम्भीर घाइते

चार्जमा राखेको मोवाइल पड्किदा गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।