आठ महीना ः गम्भीर प्रकृतिका आ’पराधिक घटनामा वृद्धि

आठ महीना ः गम्भीर प्रकृतिका आ’पराधिक घटनामा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुलुकमा पछिल्लो आठ महीनामा आ’त्मह’त्या, ज’बर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, ज’बर्जस्ती करणी, ज’बर्जस्ती क’रणी उद्योग, ज्यान मार्ने उद्योग, आ’त्मह’त्यालगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमि आएको जानकारी दिनुभयो । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगी जस्ता आर्थिक अ’पराधका घटना कम छ ।

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आ’पराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएको छ । तथ्याङ्क हेर्दा प्रतिदिन झण्डै ११० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो । आठ महीनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा चार हजार ४८३ आ’त्मह’त्याका घटना भएका छन् । आव २०७६÷७७ को सोही अवधिमा आ’त्मह’त्याको तीन हजार ५३४ घटना दर्ता भएका थिए । तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आ’त्मह’त्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आ’त्मह’त्या गरेको पाइएको कुँवरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई ज’बर्जस्ती क’रणीका एक हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ । तथ्याङ्क विष्लेषण गर्दा प्रतिदिन औसत सात वटा ज’बर्जस्ती कर’णीका घटना भएको पाइएको छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ । ज’बर्जस्ती क’रणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताउनुभयो ।

कूल एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । आव २०७६÷७७ को फागुन मसान्तसम्म ज’बर्जस्ती क’रणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ ।

पछिल्लो आठ महीनामा चोरीका कूल एक हजार ५६९ वटा घटना दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अ’पराधमा यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका दुई हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा एक हजार ६८८ मुद्दा आएको छ ।