कालिकोटको भुराबगरमा भिषण आगलागी, छ घर जलेर नष्ट

कालिकोटको भुराबगरमा भिषण आगलागी, छ घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् ।

आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो । आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिनुभयो । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उहाँले भन्नुभयो, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

आगालागीवाट ध्वस्त बनेको गाउँ ः पर्वतको पैंयु गाउँपालिका– ६ डाँडाकाहूँको बस्ती । गत शुक्रवार जङ्गलमा लागेको डढेलो गाउँ पसेपछि आगोले जलेका स्थानीयवासीका घर । तस्वीरः लक्ष्मीप्रसाद सापकोटा,रासस

आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताउनुभयो । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उहाँले भन्नुभयो, “अग्निपीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताउनुभयो । रासस