खोलाभित्रको ढुङ्गा निकालेर बेच्दै परिवार पाल्ने सुन्दरीको जादुमय स्वर, गरिबीमा लुकेको ढुङ्गावालीको सबैलाई चकित पार्ने आवाज (भिडियो सहित)

खोलाभित्रको ढुङ्गा निकालेर बेच्दै परिवार पाल्ने सुन्दरीको जादुमय स्वर, गरिबीमा लुकेको ढुङ्गावालीको सबैलाई चकित पार्ने आवाज (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एउटा गरिब परिवारमा जन्मिएकी रोदा राई जसको आवाजमा छुट्टै किसिमको जादु सुनिन्छ । पहाडको एकलास अनि खोलाको नजिकैमा उनको घर रहेको छ । घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको परिवारमा बिचरा कलिलै उमेरमा सम्पुर्ण जिम्मेवारी बोकेकी रोदा राईले निकै मीठो गित गाउछिन । उनले गाएको गित सुनेर सबै चकित हुन्छन । जादुमय स्वरकी धनी रोदाले बिहानैदेखि खोलाभित्रको ढुङ्गा निकालेर एक ठाउमा भेला गरेर थुपारेर बिक्री गरेर घर परिवार र आमाबुबा पाल्छिन ।

आज सुपर अनलाइन टिभीको टिम उनले ढुङ्गा टिप्ने काम गर्दै गरेको खोलामै पुगेर केहि कुराकानी अनि उनको प्रतिभा युटुबमा सुपर अनलाइन टिभिमा राखेको छ । सुपर अनलाइन टिभिका प्रस्तोता समीर सुवेदीले गरेको कुराकानीमा रोदाले आफ्ना दुख सुख अनि सम्पुर्ण कथा सुनाइन । उनका बुबाले आर्थिक अवस्था नाजुक भएका कारण आफुले छोरिको गायिका बन्ने सपना पूरा गर्न नसकेको बताउदै आँसु झारेका थिए । उनलाई सल्लाह सुझाब अनि केहि सहयोग गर्न चाहनेले सुपर अनलाइन टिभिका समीर सुबेदीलाई ९८१४९३०७३६ मा सम्पर्क गर्न सक्नुहुनेछ । बोल्दा बोल्दै एक्कासि रुन थालेकी रोदाले मनै छुने गितहरु एकपछी अर्को गर्दै यसरी सुनाइन । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।