संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसद्वारा कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसद्वारा कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताउनुभएको छ । उहाँले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न पनि विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ ।

महासचिव गुटर्रेसले आर्थिक आजको अवस्थामा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरु घोषणा गरेर लागू गर्नुपर्ने धारणा राख्नुभएको छ ।
महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न छ वटा मापदण्डहरु अपनाउन सुझाव दिनुभएको छ । उहाँले विश्वले नै अकल्पनीय रुपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको बताउनुभयो ।

यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने धारणा राख्नुभयो । यो समस्याबाट विश्वका तीस लाखभन्दा बढी मानिसले यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारण बाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उहाँले बताउनुभयो ।

त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उहाँले बताउनुभयो ।

यसैले पनि विभिन्न आर्थिक क्षेत्रका प्याकेजहरु ल्याएर आर्थिक पुनस्र्थापनाका साथै सुधारका कार्यक्रमहरु गर्नका लागि उहाँले विश्व समुदायसमक्ष यो आग्रह गर्नुभएको छ । रासस÷सिन्ह्वा