चलचित्रका कलाकारहरु विभिन्न गसिपको शिकार बन्ने कुरा नौलो हैन । तर कुनै कलाकारको अभिनय राम्रो भएपनि चरित्र भने खराब हुने एउटा घटनाले देखाएको छ । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अ.त्याचार, शो.षण, दमन र महिला हिं.सा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी चलचित्रका नायक हुन् ।
चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मु.क्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने खलनायकको रूपमा रहेको आरोप लागेको छ । कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शा.रीरिक शो.षण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।
गदालले त्यस्तो आरोप लगाएपछि ति दुवै अहिले एकै साथ मिडियामा आएका छन । उनीहरुको सम्बन्ध बारे सामाजिक संजाल तातीए पछि उनीहरुले आ-आफ्नो स्पष्टिकरण दिन क्यामेरा सामु उपस्थित भएका हुन ।
प्रतिक्रिया