बालिकालाई वे’श्यावृत्तिमा लगाउने गेष्ट हाउसका सञ्चालक पक्राउ

बालिकालाई वे’श्यावृत्तिमा लगाउने गेष्ट हाउसका सञ्चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वे’श्यावृत्तिमा लगाएको आ’रोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबे’चबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वे’श्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ । उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र ज’बरजस्ती यौ’नसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जनाएको छ । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।