असिनाले तरकारी बालीमा क्षति

असिनाले तरकारी बालीमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङमा आज बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पु¥याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले जानकारी दिनुभएको छ । बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पु¥याएको हो ।