अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

अन्य दलसँग छलफल गर्न भन्दै माओवादी केन्द्रको बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज अपराह्नका लागि बोलाइएको नेकपा ९माओवादी केन्द्र०को स्थायी समिति बैठक स्थगन गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुुभयो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।