अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन ः प्रवक्ता गुरुङ

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन ः प्रवक्ता गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिनुभएको छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विभिन्न प्रतिक्रिया सार्वजनिक भएको सन्दर्भमा उहाँले बढ्दो कोरोना सङ्क्रमण तथा संसद्को गतिविधिलाई नै अगाडि बढाउन नदिने केही दलका गतिविधिका कारण नै सरकारले अधिवेशन अन्त्य गरेको प्रस्ट्याउनुभयो । संसद्सँग ‘विजनेस’ नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गर्नुपथ्र्यो तर सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई अवसर दिइए पनि सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरिएको सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि संसद् स्थगित गरिएको पनि होइन ।”

कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको र संसद् पनि नियमित अगाडि बढ्न नसकेकाले अधिवेशन स्थगित गरिएको उहाँको भनाइ थियो । “अरूलाई भेला हुन रोक्ने, तर सांसदहरु लाइन लागेर संसद् जाने भन्ने हुँदैन, त्यसैले अधिवेशन अन्त्य गरेका हौँ”, मन्त्री गुरुङले भन्नुभयो । सरकारले आजै अपराह्न १ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।