आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा नाबालिकाको जलेर मृत्यु

आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा नाबालिकाको जलेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।