नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भेटवार्ता सकारात्मक भएको छ ।
बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच छलफल भएको थियाे । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् ।
दुगडका अनुसार दुवै नेता प्रफुल्लित मुद्रामा बाहिरिएका छन् । पार्टी टुक्रिनै लागेको अवस्थामा भएको दुई नेता बीचको वार्तालाई निक्कै सकारात्मक रुपमा हेरिएको छ ।
फोटो : सुर्य थापाको ट्वीटरबाट
प्रतिक्रिया