सात वर्षपछि बल्ल पाए द्व’न्द्वपीडितले परिचयपत्र

सात वर्षपछि बल्ल पाए द्व’न्द्वपीडितले परिचयपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्व’न्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र वितरण गरेको हो ।

पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरेको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार परिचयपत्र पाउने सूचीमा २१ को नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिइएको थियो ।

परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस नगर्ने द्वन्द्वपीडित पूर्णबहादुर बुढाले बताउनुभयो । जिल्लाका सूर्य साउद, अङ्गे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्मर सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्रबहादुर कुँवर, सङ्गम बुढा, पुष्कर दमाई, पूर्ण दमाई, पूर्णबहादर बुढा, प्रकाश बुढासहित परिचयपत्र पाउने सूचीमा रहेका आयोगका सदस्य प्रचण्डराज प्रधानले जानकारी दिनुभयो ।

आयोग बनेलगत्तै जिल्लास्थित शान्ति समितिको कार्यालयहरुमा उजुरी लिने काम गरिएको थियो । यसमा देशभरिबाट ६३ हजार ७१८ निवेदन परेका थिए । तीमध्ये तीन हजार ७८७ लाई परिचयपत्र दिने गरी प्रक्रिया थालिएको आयोगले जनाएको छ । आयोगका सदस्य प्रधानको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बडिमालिकाका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी नायब उपरीक्षक मदनजीत महरा, सरकारी कार्यालयका वकिल तथा पत्रकारसहितको सहभागिता थियो ।

एक महिनादेखि टेलिफोन अनियमित

त्रिवेणी नगरपालिकामा राखिएको टेलिफोनको टावरमा एक महिनादेखि समस्या आउँदा स्थानीयवासी समस्यामा परेका छन् । तोलीमा राखिएको टावरमा पटक–पटक खराब हुने भएकाले त्रिवेणी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय भरत बुढाले जानकारी दिनुभयो ।

नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले विद्युत्मा आएका समस्याले फोन सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले विद्युत् सेवा आएको बेला फोन सेवा सञ्चालन हुने र विद्युत् नभएका बेला टावरले काम नगर्ने बताउनुभयो । टेलिफोनको सेवा नियमित सूचारु गर्नका काम भइरहेको टेलिकमले जनाएको छ । रासस