छैनन् छ स्थानीय तहमा दमकल

छैनन् छ स्थानीय तहमा दमकल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङका छ स्थानीय तह अझै दमकलविहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ ।

घोराही तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन् । तीमध्ये घोरामा दुई, तुलसीपुरमा एक, लमहीमा दुई र गढवामा एक दमकल छ । दङ्गीशरण, शान्तिनगर, राजपुर , बङ्गलाचुली, बबई र राप्ती गाउँपालिकासँग दमकल छैनन् ।

बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले आगामी कार्यपालिका बैठकमा दमकल खरिदको प्रस्ताव राख्ने जानकारी दिनुभयो । बङ्गलाचुली गाउँपालिकामा पहाडी भूभाग भएकाले दमकल ल्याउन समस्या भएको बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सबैजसो भूभाग पहाडी छ, आगलागी भएको स्थानमा दमकल जान सक्ने अवस्था नै रहँदैन । यसैले दमकललाई प्राथमिकतामा नराखेको र खरिद प्रक्रियालाई अघि नसारिएको हो ।

त्यस्तै दङ्गीशरणका अध्यक्ष भागीराम चौधरीले दमकल खरिद गर्नसक्ने र यसका लागि कर्मचारीलाई तलब दिने समस्या भएको बताउनुभयो । यस्तै शान्तिनगरले दमकल खरिद गर्ने विषयमा कुरा नउठेको गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जानकारी दिनुभयो । रासस