सभापति देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ । न्यौपानेका श्रीमती, दुई छोरा र पाँच छोरी हुनुहुन्छ । रासस