स्वास्थ्य मापदण्ड अपनाएर नाटक कार्यशालाको अवलोकन

स्वास्थ्य मापदण्ड अपनाएर नाटक कार्यशालाको अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी शनिश्चरे, १६ बैशाख । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने नाट्य कार्यशाला सञ्चालन गरिएको छ ।

वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित कार्यशालामा आज नगर उपपमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले कार्यशालामा तयार नाटिकाको अवलोकन गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरको संयोजनमा बैशाख १९ सम्मका लागि नगरस्तरीय कार्यशाला सञ्चालनमा छ । कार्यशालामा गोपाल अर्याल र जीवन बरालले सहजिकरण गरिरहनु भएको छ, भने कार्यशालाको ब्यवस्थापकिय पाटो थिएटर तथा कला साहित्य प्रवर्धन समितिका सचिव सरोज तिम्सीनाले गरीरहनु भएको छ ।