कसैको मृत्युको खबर पाउनसाथ तपाई हामीले लेख्ने गरेको ‘RIP’ को खास अर्थ के हो ? १८ औ शताब्दीबाट सुरु भएको शब्दको खास अर्थ जान्नुहोस्


काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा धेरै देखिने शब्द हो ‘रिप’ । कसैको मृत्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक संजालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् । खासमा कसैको मृत्युमा श्रद्धाञ्जली या समबेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । तर रिप भनेको के हो, यसको खास अर्थ के हुन्छ ? यस बारेमा सायद थोरैलाई मात्र थाहा होला ।

सन १८०० शताब्दीमा ल्याटिन शब्द Requiescat in pace वाट सुरु भएको यो शब्द को पुरा रुप Rest In Peace हो । जस्को अर्थ “शान्ति सङ आराम गर” हुन्छ । यो शब्द उनिहरुको लागि उपयुक्त हुन्छ जसलाइ एउटा सुरक्षित बाकस ( शवबाकस) मा राखेर गाडिने गरिन्छ ।

किनकि इसाई र मुस्लिम धर्म मन्नेले उनीहरुको मान्यता अनुसार जुन दिन “जजमेन्ट डे” अथवा “कयामत को दिन ” (पर्लय ) आउनेछ त्यस दिन जति पनि गाडिएका शवहरु छन् ति सबै पुनर्जीवित हुन्छन् । त्यसैले उनिहरुलाइ लक्ष्यित गर्दै भनिएको हो त्यस दिनको पर्खाइमा शान्तिपुर्ण आराम गरि बस्नु ।

तर पूर्बीय दर्शनशास्त्र र हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर ( नाश हुने ) हो र आत्मा अमर हुन्छ । त्यसैले हिन्दु शरीर लाई जलाउने गरिन्छ । त्यसैले त्यस्को लागि Rest In Peace को कुनै अर्थ छैन ।

हिन्दु धर्म अनुसार जव मानिसको मृत्यु हुन्छ उतिबेला नै उसको शरीरबाट आत्मा निस्केर कुनै न कुनै नयाँ जीवाणु वा शरीरमा प्रवेश गर्दछ । त्यस नयाँ जिवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृत्यु क्रियाकर्म, श्राद्धकर्म र शन्तिपाठ गरिन्छ ।

त्यसकारण कुनै हिन्दु मृतात्माको लागि “हार्दिक श्रद्धाञ्जली ” ; “भावपुर्ण श्रद्धाञ्जली” ; “दिवंगत आत्माले सदगति पाओस ” ; “दिवंगत आत्माले शान्ति पाओस् “; ” परिवार प्रति हार्दिक समवेदना” भन्ने जस्ता उक्तिहरु लेख्न सकिन्छ । कुनै इसाई तथा इस्लाम धर्मलम्बीहरुमा मित्रहरू छन् भने उनीहरुको लगि RIP लेख्न सकिन्छ ।

हामी अल्छि भएर धेरै छोटो लेख्न खोज्दा जानी या नजानी आफ्नो मुल्य मान्यता सस्कृतिलाई असर पुर्याउन पुगेको छ । त्यसकारण कृष्चियन र मुस्लिम धर्मावलम्बीहरु बाहेकले प्रयोग गर्नु उचित हुदैन ।

प्रतिक्रिया दिनुहोस