आज दिउँसो ३ बजे सभापति देउवाले पत्रकार सम्मेलन गर्नुहुँदै

आज दिउँसो ३ बजे सभापति देउवाले पत्रकार सम्मेलन गर्नुहुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ । आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो ।

सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्नुहुने बताइएको छ । मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।