सुडी समाजको २०औँ स्थापना दिवसः सशक्त समाज निर्माणमा जोड

सुडी समाजको २०औँ स्थापना दिवसः सशक्त समाज निर्माणमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सुडी समाज काठमाडौँको २०औँ स्थापना दिवसका उपलक्ष्यमा आज यहाँ भर्चुअल माध्यमबाट आयोजित ‘सुडी समाजको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागी वक्ताहरुले समाजको सङ्गठनात्मक सुदृढीकरण, संस्थागत विकास र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

समाजको सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इन्जिनीयर सत्यनारायण साहले समाजको उन्नयनका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्नेमा जोड दिँदै सुडी समुदायको इतिहासको प्रवद्र्धनका लागि समाजले स्मारिका प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो ।

समाजका महासचिव शीतलप्रसाद महतोले ‘सुडी समुदायको सशक्तीकरण, हक अधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर समाजले उत्तरदायी र सबल समाज, सदस्यको हकहित र सुरक्षा, सङ्गठनात्मक सुदृढीकरण र संस्थागत विकासका लागि लागिपरेको बताउँदै समाजले विगत चार महिनामा गरेका कार्यप्रगतिका बारेमा जानकारी दिनुभयो । समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले समाजले सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गरी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास तालीम, विभिन्न व्यक्तिलाई सम्मान, पुरस्कार तथा प्रमाणपत्र वितरण, महिलाहरुका लागि स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी प्रवचन, निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

समाजका उपाध्यक्षद्वय इन्जिनीयर उमाशङ्कर साह र डा रमानन्दप्रसाद चौधरीले समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजका स्वास्थ्य उपसमितिका संयोजक डा प्रकाश पञ्जियार, महिला उपसमितिका संयोजक, अनिता निराला र युवा उपसमितिका संयोजक इन्जिनीयर रामस्वरुप महासेठ लगायतले यस समाजको अग्रगामी परिवर्तन र संस्थागत विकासका लागि आफूहरु सक्रियपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष डा अशोक महासेठका सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्रीराम पूर्वे, सहकोषाध्यक्ष पुनम पञ्जियार, डा सरोजरत्न साह, अमर निराला, सञ्जीव साहलगायतले समाजको संस्थागत विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताउनुभयो । रासस