नेपालञ्जस्थित भेरी अस्पतालमा दिनरात भोक प्यास नभनी कोरोना संक्रमितको सेवामा खटिएका नर्सहरु

नेपालञ्जस्थित भेरी अस्पतालमा दिनरात भोक प्यास नभनी कोरोना संक्रमितको सेवामा खटिएका नर्सहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरु । भोक, प्यास र निद्रा नभनि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् । सलाम यी नर्सहरुलाई ।


तस्विर : सामाजिक सञ्जाल

०००

एमाले नेता खनाललाई कोरोना सङ्क्रमणः नर्भिक अस्पतालमा भर्ना

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

खनाल अक्सिजनको सामान्य सपोर्टमा

वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहनुभएका उहाँलाई अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार गरिरहेकोे अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

०००

सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गर्नुभएको छ ।

०००

अझै मास्क नलगाई हिँड्छन् मानिस

नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्छिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।

०००

२४ घण्टामा थप ५७६३ कोरोना संक्रमित पुष्टि, १९ जनाको मृत्यु, सक्रिय संक्रमित ४३ हजार नाघे

काठमाडौं,१८ वैशाख । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १४ हजार ९६९ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टीजेन परीक्षण गर्दा ५ हजार ७०६ र ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार८९३ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १२८७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ रहेको छ ।

अहिले देशभर ४३  हजार २१३ सक्रिय सङ्क्रमित छन् । त्यस्तै पछिल्लो समय कोरोनाका कारण १९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २९८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।