मध्यपुर थिमिमा विपन्न आवास निर्माण शुरु

मध्यपुर थिमिमा विपन्न आवास निर्माण शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भादगाउँ, वैशाख १९, । मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो ।

निर्माण हुने घरमध्ये दुई घरको शिलान्यास भएको छ भने बाँकी दुईको प्रक्रिया शुरु भएको जनाइएको छ । अति विपन्न परिवारमध्ये मध्यपुर थिमि–८ बोडेको चन्कोमा सरिता कपालीको एक तले पक्की ढलान घर आगामी जेठ १५ सम्ममा तयार गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुर थिमि–७ नगदेशमा अभयपुत्र डङ्गोलको पनि एक तले घर निर्माण शुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वडा नं ४ शिवाटोलका सुवन कपाली र सुकुचा शाहीको घर पनि चा“डै निर्माण शुरु गरिने छ ।

प्रदेशसभा सदस्य डा श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त रु २० लाखमा उपभोक्ता समितिबाट अपुग रकम एवं भौतिक सामाग्रीहरु थप गरी मध्यपुर थिमिभित्र चार अति विपन्न परिवारमध्ये दुई परिवारको एक तले पक्की घर निर्माण शुरु गरिएको हो ।

“योजनाको अनुमानित कुल लागत रु ३२ लाख ३५ हजार ५७५ रहेको छ । त्यसमा प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने र नपुग रकम सहभागिताअन्तर्गत उपभोक्ता स्वयंले बेहोर्ने छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पशु वधशालाको पुनःनिर्माण

मध्यपुर थिमि–७ नगदेशस्थित पशु वधशालालाई व्यवस्थित बनाइएको छ । सार्वजनिक सडकस“गै रहेको उक्त खुला पशु वधशालालाई पुनःनिर्माण गरी व्यवस्थित बनाइएको हो । वधशालामा पर्खाल लगाउनुका साथै जस्ताको छानो लगाएर व्यवस्थित गरिएको हो ।

बागमति प्रदेशसभा सदस्य डा श्रेष्ठको पहलमा सो पशु वधशालालाई व्यवस्थित गरिएको वधशालाका प्रोपाइटर राजु खड्गीले जानकारी दिनुभयो । त्यसका लागि प्रदेशसभा सदस्य श्रेष्ठको पहलमा भेटेरिनेरी जनस्वास्थ्य कार्यालय ललितपुरबाट रु चार लाख ८२ हजार प्राप्त भएको खड्गीले बताउनुभयो । रासस