यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक, आखिर कसरी आए ति बालक कार भित्र (भिडियो हेर्नुस)

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक, आखिर कसरी आए ति बालक कार भित्र (भिडियो हेर्नुस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङमा भारतीय कारमा भएको घटनामा परेका तीन बालक एउटै गाउँका हन् । वैशाख १६ गतेवाट हराएका उनीहरु शनिवार साँझ मृ’त अवस्थामा कारभित्र फेला परेका थिए । एउटै वार्डका तीन बालकको मृत्युले गाउँ शो’कमा डु’वेको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनीहरुको मृत्यु निसासिएर भएको हुनसक्ने जनाएको छ । उनीहरु कारमा पसेपछि हावा कतैवाट नगएका कारण निसासिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

बालकहरुको गोजीमा तास पनि फेला परेका कारण उनीहरु तास खेल्न कारमा गएको हुनसक्ने र कारको ढोका लक भएपछि बाहिर आउन नसक्दा नि’सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । अनुसन्धानमा सं’लग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको भा’रतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको हुनसक्ने बताएका हुन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन बालकका शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालकका बारेमा खोजी गर्न भन्दै उनीहरुका आफन्तले प्रहरीलाई जानकारी समेत गराएका थिए । एक जना बसका चालकले आफ्नो बस पार्किगं गर्न भन्दै त्यहाँ जाँदा कारभित्र बालकहरुलाई मृत देखेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाका सम्बन्धमा त्यहाँका स्थानिय बासीन्दा र प्रत्यक्षदर्शीले यस्तो भनेका छन् । भिडियो हेर्नुसः