आर्यघाट पुग्दा देखियो भारतमा जस्तै मुटु काम्ने दृश्य, दिनमै ५५ वटा कोरोनाबाट ज्यान गुमाएका शव (भिडियो)

आर्यघाट पुग्दा देखियो भारतमा जस्तै मुटु काम्ने दृश्य, दिनमै ५५ वटा कोरोनाबाट ज्यान गुमाएका शव (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । भने हाल सम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय २० हजार ७५६ पीसीआर परीक्षणमा ८ हजार ६०५ जना र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख ५९हजार ६१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ रहेको छ ।

अहिले देशभर ६६ हजार हजार ३५२ सक्रिय सङ्क्रमित छन् ।  हालसम्म कोरोनाका कारण तीन हजार ४७५जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

आर्यघाट पुग्दा देखियो भारतमा जस्तै मुटु काम्ने दृश्य देखियो । दिनमै ५५ वटा कोरोनाबाट ज्यान गुमाएका शव आउछन।