तनहुँको देवघाटमा अस्पताल निर्माणका लागि सम्झौता

तनहुँको देवघाटमा अस्पताल निर्माणका लागि सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २३ वैशाख । तनहुँको देवघाट गाउँपालिकामा आधारभूत अस्पताल निर्माण हुने भएको छ । अस्पताल भवन निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको छ ।

देवघाट गाउँपालिका–५ मा निर्माण हुने दश श्ययाको अस्पताल भवन निर्माण सम्बन्धी सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा र निर्माण कम्पनी रोशन शिवशक्ति जेभी हेटौंडाका प्रतिनिधि सुरेन्द्र पाठकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि गाउँपालिकाका अध्यक्ष थापाले अस्पताल भवन निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताउँदै त्यसका लागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले भवनको गुणस्तरमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

उक्त अस्पतालको गत मङ्सिर १५ गते तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्नुभएको थियो । भवनको लागत अनुमान रु १२ करोड ८३ लाख ४१ हजार आठ सय ३६ रहेपनि निर्माण कम्पनरोशन÷शिवशक्ति जेभीले भ्याट सहित रु सात करोड ७८ लाख ५२ हजार सात सय १८ मा ठेक्का पारेको छ । उक्त भवन विसं २०८० वैशाख २१ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

दुई रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त अस्पतालमा भुइँतल्लामा १६ र माथिल्लो तलमा १६ गरी ३२ कोठा रहने बताइएको छ । अस्पतालमा लिफ्ट समेत जडान गरिने गाउँपालिकाका इन्जिनियर तीर्थराज ढुङ्गानाले जानकारी दिनुभयो । रासस