सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २३ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसक्नुभएको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उहाँका घरपरिवारले जनाएको छ । रासस