जनप्रतिनिधि हुनु त यस्तो पो : अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुख

जनप्रतिनिधि हुनु त यस्तो पो : अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमरगढी,२३ वैशाख । जनतालाई अप्ठ्योरो पर्दा जनप्रतिनिधिले कस्तो सहयोग गर्दा रहेछन् भन्ने राम्रो उदाहरण अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रस्तुत गरेका छन् । जिल्लाका सात स्थानीय तहमध्ये अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र उपप्रमुख संगीता भण्डारीले प्रयोग गर्दै आउनुभएको सवारी साधनलाई कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स प्रयोगमा लगाउने घोषणा गर्नुभएको छ । उहाँहरुले भन्नुभयो“ जनताको ज्यान जोगाउनु हाम्रो पहिलो कर्तव्य हो , अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो ध्येय छ । कोरोना नियन्त्रणमा नगरपालिकाले पहिलो प्राथमिकता दिएको छ ।”

नगरप्रमुख , उपप्रमुखले चढ्ने बोलेरो जीपलाई नै एम्बुलेन्स बनाउने तथा नगरपालिकाको टिप्परलाई सव वाहन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३ र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत दश नर्सलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि परिचालन समेत गरेको छ । यसका साथै टोल टोलमा स्वयंसेविका परिचालन गर्दै जनचेतनालाई तीब्रता समेत दिएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव हुन नदिन नगरपालिकाबाट चार जना स्वास्थ्यकर्मील पठाउने निर्णय समेत गरिइएको छ ।

यसैगरी जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आइशोलेसन सञ्चालन गरिएको छ । हप्तामा तीन दिन नगरपालिकामा स्वाँव सङ्कलनको व्यवस्था मिलाएको नगरपालिकाले जानाएको छ । जिल्लामा ८९६ जना कोरोना सङ्क्रमित छन् भने ७ जनाको मृत्युु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस