संक्रमण नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशन

संक्रमण नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २३ वैशाख । ले नयाँ भेरियन्टसहितको कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख कलौनीले यहाँका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी संक्रमण फैलिन नदिन भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारेन्टिन, आइसोलेशन, कोभिड विशेष अस्पताल, कोरोना जाँचको उपलब्धता, संक्रमित भइहालेमा गरिने उपचार, अस्पतालमा अक्सिजनको अवस्थालगायतबारे जानकारी लिनुभयो ।

उहाँले संक्रमण फैलन नदिन र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिनुभएको छ । कोरोना संक्रमण फैलिन नदिन हाल जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् । रासस