वडा सदस्य भण्डारीको मृत्यु

वडा सदस्य भण्डारीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर, २४ वैशाख। नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।

बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उहाँलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पु¥याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।
नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताउनुभयो । उहाँको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो । रासस