आर्थिक अभावका कारण उपचार गर्न नसक्ने नागरिकलाई उपचार गर्दै सिरिजङ्घा गाउँपालिका

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने नागरिकलाई उपचार गर्दै सिरिजङ्घा गाउँपालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पर्कमा आएका व्यक्तिलाई न्युनतम ५ हजारदेखि २५ हजार रुपैँयासम्म उपलब्ध गराइएको छ । हालसम्म कोषबाट ३ लाख १४ हजार रुपैँया खर्च भइसकेको छ ।

क्यान्सर लागेका, मुटु र मिर्गौलाकोे शल्यक्रिया गर्नुपर्ने लगायतका नसर्ने रोग लागेर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका नागरिकलाई सहयोग पु¥याउन सो कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिनुभयो । कोष व्यवस्थित गर्न गाउँपालिकाले नियम र मापदण्ड तयार गरेको छ । रासस