भाईरल प्रहरीको फन्दामा जडिया ! सडकमै अचम्मको सजाय, राष्ट्रियगान गाउन नआएपछि चर्काचर्की (भिडियो हेर्नुहोस)

भाईरल प्रहरीको फन्दामा जडिया ! सडकमै अचम्मको सजाय, राष्ट्रियगान गाउन नआएपछि चर्काचर्की (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना संक्रमित नघटे पछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञ एक साता लम्ब्याउदै आगामी बैशाख २९ गते सम्म जारी गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख २९ गतेसम्म थप कडाइका साथ निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। यस अघि तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा घोषणा गरेका थिए ।

निषेधाज्ञामा पनि सडकमा भिड देखिए पछी अब भने प्रसासनले थप कडाइका साथ जाने निर्णय गरेको छ । खाद्यान्न बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ। बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

यस अघि नै मन्त्रिपरिषदको बैठकले दुई साता निषेधाज्ञा गर्न निर्देशन दिइसकेको थियो ।

निषेधाज्ञालाई थप कडाई गर्न प्रहरीहरु टोल टोल देखि सडकमा तैनाथ रहेका छन । ड्युटीमा खटिएका प्रहरीहरुले निषेधाज्ञामा पनि सडकमा निस्किएका मानिसहरुलाई सम्झाउने र केहि समय होल्ड गर्ने गरेका छन । यस्तै ललितपुरको बालकुमारी स्थित पुलमा ड्युटीमा खटिएका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्नेहरुलाई नेपाली राष्ट्रिय गान गाउन लगाएर छोडेका छन ।

भिडियो हेर्नुहोस ।