नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गर्नुभएको छ ।
सिंहदरबारमा भएको सो भेटपछि एकताका लागि सबै सकारात्मक रहेको जनाउँदै नेता नेम्वाङले आपसमा चाँडै अर्को वार्ता गरी समस्याको समाधान गरिने विश्वास सञ्चारकर्मीलाई व्यक्त गर्नुभयो ।
प्रतिक्रिया