जेल जीवन बिताई रहेका रेशम चौधरीले सार्बजनिक गरे ‘हिडेन स्टोरी फ्रम प्रिजन’ पुस्तक

जेल जीवन बिताई रहेका रेशम चौधरीले सार्बजनिक गरे ‘हिडेन स्टोरी फ्रम प्रिजन’ पुस्तक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थारुहट आन्दोलनका नेता तथा कैलाली टिकापुरबाट संघीय संसदमा निर्वाचित सांसद रेशम चौधरीले आफ्नो पुस्तक सार्बजनिक गरेका छन । जेल जीवन बिताई रहेका चौधरीबाट लिखित अङ्ग्रेजी भाषाको पुस्तक ‘Hidden Story From Prison’ प्रकाशित भएको छ ।

छोरा आभूषण चौधरी र पत्नी रन्जिता श्रेष्ठ चौधरीले उक्त पुस्तक सार्बजनिक गरेका हुन् । चौधरी यति बेला काठमाडौंको डिल्लिबजारस्थित जेलमा आजिवन काराबास बिताईरहेका छन । कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घ.टनामा दो.षी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

न्यायिक हिरासतमा हुँदै सांसद पदको शपथ खुवाइएका चौधरी अदालतको फैसलापछि स्वत: निलम्बनमा परेका छन्। थरुहट आ.न्दोलनको क्रममा कैलालीको टीकापुरमा नौ जनाको ह.त्या भएको घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको थियो।