कैलालीमा एकैदिन नौ सङ्क्रमितको मृत्यु

कैलालीमा एकैदिन नौ सङ्क्रमितको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी,२७ वैशाख । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे ।

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्युभएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा दुई सङक्रमितको मृत्युभएका मध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । रासस