भक्तपुर नगरपालिकाद्वाराआज मिठाइ पसलको अनुगमन : अखाद्य मिठाइ नष्ट

भक्तपुर नगरपालिकाद्वाराआज मिठाइ पसलको अनुगमन : अखाद्य मिठाइ नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्यपुरथिमि, २७ वैशाख । भक्तपुर नगरपालिकाले आज मिठाइ पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा नगरपालिकाका नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाइ पसल अनुगमन गरियोे ।

मङ्गलबार मातातीर्थ औंसीलाई ध्यानमा राखी मिठाइ पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताउनुभयो । अनुगमनमा मिठाइ पसल खोलेकाहरुलाई जरिवाना गरिएको र अखाद्य मिठाइ नष्ट गरिएको उहाँले बताउनुभयो ।

सुकुलढोकाको श्रेष्ठ मिठाइ पसल र जगातीका दुई मिठाई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा रङ बढी हालिएको मिठाइ जफत गरी नष्ट गरिएको छ ।

नवदुर्गा स्वीट्स एण्ड चाट हाउसमाभान्छा एकदम फोहर भएको पाइयो । तराजु एक थान जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको र रङ बढी भएका जेरी र लड्डु जफत गरी नष्ट गरिएको छ । दिनेशको मिठाइ पसलमा रङ बढी भएको मिठाइ नष्ट गरिएको छ । तराजू एक थान जफत गरी पसल नवीकरण गर्न र तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै श्रीरामको मिठाइ पसल तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै रङ बढी भएको मिठाइ जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । रासस