नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संगठन कमिटीले वाग्मती प्रदेशसभाका सदस्य पशुपति चौलागाईँका निधनबाट पार्टीले असल र निष्ठावान् नेतालाई गुमाएको जनाएको छ । कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज जारी गरेको शोक वक्तव्यमा राष्ट्रका साथै दोलखाले इमान्दार जनप्रतिनिधि र असल अभिभावक गुमाएको उल्लेख छ ।
“नेपाली कम्युनिष्ट आन्दोलनको प्रवद्र्धनमा र जिल्लाको विकासमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँका चीरस्मरणीय कामको पार्टी पंक्ति सदैव सम्मान गर्दछ”, वक्तव्यमा भनिएको छ, “सिंगो पार्टीलाई पर्न गएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकको घडीमा सम्पूर्ण परिवारजन तथा पार्टी पंक्तिलाई धैर्यधारण गर्न आह्वान गर्दछ ।”
कमिटीले उहाँका धर्मपत्नी सुनिता, छोरा सुमन तथा छोरी सुष्मा र सबुसहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै कोरोनाबाट स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रतिक्रिया