बर्दियाको बारबर्दिया नगरपालिकाको नगरप्रमुख चिकित्सक लिएर घरघरमा

बर्दियाको बारबर्दिया नगरपालिकाको नगरप्रमुख चिकित्सक लिएर घरघरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ३० वैशाख । बर्दियाको बारबर्दिया नगरपालिकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिन र उपचार गर्न नगरप्रमुख चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली लिएर घरघरमा पुग्नुभएको छ ।

होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न नगर प्रमुख दुर्गाबहादुर थारू कबिर चिकित्सकसहितको स्वास्थ्य टोली लिएर घरघरमा पुग्नुभएको हो । वडा नं ६ मा आज नगरप्रमुख स्वास्थ्यकर्मीसहित कोरोना सङ्क्रमित नगरवासीको जानकारी लिन टोली लिएर घरघरमा पुग्नुभएको छ ।

कोरोना सङ्क्रमितसँगको भेटमा परामर्श र उपचार तथा होमआइसोलेशनको आचारसंहिताका बारेमा जानकारी गराइएको छ । बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा आरसी थारू मेरोरियल नगर अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमितको घरघरमा पुगेर परामर्श, उपचार तथा आवश्यक औषधि सिफारिश गरिएको स्वास्थ्य शाखा संयोजक डिल्लीराज शर्माले बताउनुभयो ।

यस कार्यले कोरोना सङ्क्रमित अनुशासित हुने, सङ्क्रमित खुल्ने, उपचारमा सहज हुने र भावी स्वास्थ्य रणनीति बनाउन सहयोग पुग्ने उद्देश्यले घरमा भेट गरिएको बताइइको छ । बारबर्दियाले यसअघि नै कोरोना सङ्क्रमित विपन्न परिवारलाई निःशुल्क औषधि र एम्बुलेन्स सेवा दिँदै आएको छ । हाल बारबर्दियामा २०१ व्यक्ति होमआइसोलेशनमा छन् । रासस