सल्यान र गोरखामा जेठ १५सम्म निषेधाज्ञा थप

सल्यान र गोरखामा जेठ १५सम्म निषेधाज्ञा थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान । गोरखा, ३० वैशाख । जिल्लामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ । कोरोना संक्रमण दर वृद्धि हँुदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी क्रमशः लक्ष्मीदेवी हुमागाईँ र शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । रासस