स्थानीय तहलाई ५० श्यया (मेडिकल वेड) हस्तान्तरण

स्थानीय तहलाई ५० श्यया (मेडिकल वेड) हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० । स्वास्थ्य कार्यालयले जिल्लामा रहेका छ स्थानीय तहलाई ५० श्यया (मेडिकल वेड) हस्तान्तरण गरेको छ । कार्यालयले इच्छाकामना गाउँपालिका बाहेक अन्य स्थानीय तहलाई मेडिकल वेड, तन्ना, कम्बल र सिरानी हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना गरी सामान्य उपचार, अक्सिजन तथा स्वास्थ्य सल्लाह प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले श्ययाहरु हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा भरतपुर महानगरपालिका, रत्ननगर , खैरहनी, कालिका , राप्ती र माडी नगरपालिकालाई कार्यालय प्रमुख दीपक तिवारीले ती सामाग्री हस्तान्तरण गर्नुभयो ।

कार्यालयलाई स्वास्थ्य मन्त्रालयबाट प्राप्त ती सामाग्रीहरु महानगरपालिकालाई २५ थान, रत्ननगर, खैरहनी, कालिका, राप्ती र माडी नगरपालिकालाई पाँच÷पाँच थान हस्तान्तरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत शिवशर्मा पौडेलले जानकारी दिनुभयो । रासस