लोकतन्त्र, संविधान र जनताका लागि हामी जस्तोसुकै लडाँई लड्न तयार छौं: युवा नेता प्रदीप पौडेल

लोकतन्त्र, संविधान र जनताका लागि हामी जस्तोसुकै लडाँई लड्न तयार छौं: युवा नेता प्रदीप पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • सुशिल खनाल

काठमाडाैं,३१ वैशाख । नेपाली कांग्रेसका युवानेता प्रदीप पाैडेलले अराजकता निम्त्याउने कम्युनिस्ट र भारत परस्त नीतिले देशकाे हीत नहुने बताएका छन् ।

नेपाली कांग्रेसले सत्ताकाे खेलमा राम्राे जिम्मेवारी निभाएको भन्दै अराजक कम्युनिस्टका कारण देशमा अस्थिरता सिर्जना भएकाे र कोरोना महामारी थप विकराल बनेकाे बताएका छन । अाफूभित्रको लडाँइले देश बर्बादितिर धकेलेको भन्दै कांग्रेस अब त्यतातिर ध्यान नदिइ पार्टीको महाधिवेसन सफल गराउनेतिर लाग्नपर्छ । हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने मेण्डेट दिएका थिए । हाम्रो चाहना पनि त्यही थियो । तर कम्युनिष्ट पार्टी भित्र भएको अराजनैतिक, अलोकतान्त्रिक र मर्यदाहिन लुछाचुँडीले गर्दा देशको अवस्था तरल बन्दै गयो । राजनैतीक कुसंस्कार, भ्रष्टाचार, महङ्गी, कालोबजारी, ब’लात्कार, जस्ता जघन्य अ’पराध बढ्ने श्रृखला झन् झन् मौलाउँदै गयो । संविधान मिच्ने देखि संसद विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस ओली नेतृत्वको कम्युनिष्ट सरकारले गर्यो । उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो । पाैडेलले फेसवुकमा लेखेका छन् ।

उनी भन्छन्, सरकारलाइ सत्ताको बाहेक कतै ध्यान छैन, जनताहरूको पिर मर्का तथा अवस्थाप्रति कत्तिपनि सदासयता देखिएन, कोभिड महामारीले देश थिलथिलो हुँदा पनि जोखिम कम गर्न भ्याक्सिन उपलब्ध गराउन सकेन । कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कार्वाही गर्न सकेन । स्वास्थ्य क्षमता वृद्धि गर्न सकेन । महामारी नियन्त्रण गर्न सकेन। सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेस सङ्ग गुहार माग्दै आयो। देश नेतृत्व विहिन हुन दिनुहुँदैन भनेर हामीले अग्रसरता देखायौं । हामीले आफूलाई कुनै उत्तेजक बनाएनौं । नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्यौ । परिस्थिति फरक बन्यो । जसपा र माधव नेपाल समुहले कुनै हिम्मत देखाउन सकेनन ।

हामी लोकतान्त्रिक मुल्य मान्यताका आधारमा अघि बढिरहेका छौ । हामीले संयमता र नैतिकता गुमाएनौं । याे नै नेपाली कांग्रेसको मूल्य हो ।
नेपाली काँग्रेस संविधान प्रति प्रतिवद्ध छ। हामी सङ्ग राजनैतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तो सुकै लडाइँ लड्न तयार छौं । हाम्रो लडाई सधैं विवेकपूर्ण र संयमित हुन्छ । हामीले हारेका छैनौँ । तर जनमतको अपमान गराउनेलाइ कांग्रेस कहिल्यै विश्वास गर्दैन ।