कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, ३१ वैशाख । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा कोभिड अस्पताललाई पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । वीरेन्द्रनगर–६ निवासी कोमल कार्की, निरञ्जन केसी र सिद्धपाइला क्याम्पसको सहयोगमा आज सात लिटरका तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । र्पोटेबल कन्सन्ट्रेटर विद्युत्को माध्यमबाट बिरामीलाई अक्सिजन दिने उपकरण हो ।

उक्त मेसिन नगर प्रमुख देवकुमार सुवेदीलाई सिद्धपाइला क्याम्पसका प्रमुख उपेन्द्र सुवेदी र सुमन केसीले संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो । मेसिन ग्रहण गर्दै नगर प्रमुख सुवेदीले बजारमा अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला र्पोटेबल कन्सन्ट्रेटर बिरामीलाई अक्सिजन दिने उपकरण पाउनुलाई महत्वपूर्ण उपलब्धी मान्न सकिने बताउनुभयो । साथै उहाँले नगरको आफ्नै व्यवस्थापनमा सञ्चालन भएको कोभिड अस्पताललाई सहयोगी हातको खाँचो रहेको औँल्याउनुभयो ।

“यतिबेला सबैको सहयोग भएमा कोरोना महामारीलाई जित्न सकिन्छ, स्वास्थ्य पूर्वाधारदेखि जनशक्तिको अभाव हुँदाहुँदै नगरले आफ्नै स्रोतले अस्पताल सञ्चालनमा ल्याएको छ”, नगर प्रमुख सुवेदीले भन्नुभयो, “कसैको सानो सहयोगले बिरामीको ज्यान जोगिन्छ भने किन सहयोग नगर्ने ? त्यसैले सबैले फराकिलो मनले सहयोगी हातहरु अघि बढाउन सके हाम्रा पूर्वाधार व्यवस्थित बन्न मद्दत पुग्नेछ ।”

हस्तान्तरण कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट डा नवराज केसी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको उपस्थिति थियो । कोभिड–१९ को दोस्रो लहर फैलिएपछि वीरेन्द्रनगरले स्वास्थ्य चौकीलाई २५ शय्याको कोभिड अस्पतालका रूपमा स्तरोन्नति गरेको हो । रासस