अन्तत नेकपा एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन सहमत भए अध्यक्ष ओली

अन्तत नेकपा एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन सहमत भए अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउन सहमत भएका छन् ।

जेठ २ गते अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्थामा फर्काउन सहमत भएपछि एमाले विवाद किनारा लाग्ने देखिएको हो । बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सहमति भएपछि नेपाल पक्षका सांसदले दिने भनेको राजीनामा रोकिएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किने सहमति भएको नेपाल समुहको दावी छ । छलफलमा ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल र रामबहादुर थापा सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तको सहभागिता थियो ।

अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।